नियम ५९
अन्तिम लेखा परीक्षकको छनौट
(१) ऐनको दफा ६९ को उपदफा (२) बमोजिम
लेखा परीक्षक स्वीकृत गर्न सिफारिसको लागि देहायको समिति रहनेछ ः–
(क) ऐनको दफा १८८ को उपदफा (४) बमोजिम
गठित लेखा समितिको अध्यक्ष – संयोजक
(ख) कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रमुख – सदस्य
(ग) सचिव, जिल्ला विकास समिति – सदस्य
(घ) आर्थिक प्रशासन शाखा प्रमुख,
जिल्ला विकास समिति – सदस्य
(ङ) आन्तरिक लेखा परीक्षण शाखा प्रमुख,
जिल्ला विकास समिति – सदस्य–सचिव
(२) उपनियम (१) बमोजिम लेखा परीक्षक छनौट गरी सिफारिस गर्दा एउटै
लेखा परीक्षकलाई लगातार तीन पटक भन्दा बढी एक गाउ“ विकास समितिमा लेखा
परीक्षक हुन सिफारिस गर्न सकिने छैन ।
(३) जिल्ला विकास समितिले स्वीकृत गरेको लेखा परीक्षकलाई वार्षिक तीनलाख
रुपैया“सम्मको कारोबारमा दुईहजार रुपैया“सम्म र त्यसपछि सातलाख रुपैया“सम्म प्रति
हजार थप दुई रुपैया“, त्यसपछि पच्चीसलाख रुपैया“सम्म प्रति हजार थप एक रुपैया“ र
त्यसपछि प्रत्येक पा“चलाख रुपैया“मा दुईसय रुपैया“ थप पारिश्रमिक दिनु पर्नेछ ।
(४) उपनियम (३) मा लेखिएको पारिश्रमिकका अतिरिक्त लेखापरीक्षणको
सन्दर्भमा चाहिने देहाय बमोजिमको खर्च औचित्यका आधारमा जिल्ला विकास
समितिले तोकिदिए बमोजिम हुनेछ ः–
(क) लेखापरीक्षणसहायक संख्या र पारिश्रमिक,
(ख) दैनिक तथा भ्रमण भत्ताको दर र पाउने अवधि,
(ग) भैपरि आउने अन्य खर्च ।
तर भैपरी आउने खर्च दश हजार रुपैया“ भन्दा बढी हुने छैन ।
(५) लेखा परीक्षकले दिएको लेखा परीक्षण प्रतिवेदन स्तरीय र सन्तोषजनक
नभएमा सचिवले सोको जानकारी महालेखा परीक्षकको कार्यालय र नेपाल चाटर्ड
एकाउण्टटेन्ट संस्थामा पुष्ट्याई सहित पठाउनु पर्नेछ ।
(६) उपनियम (१) को खण्ड (क) बमोजिमको संयोजक नतोकिएको अवस्थामा
पनि बा“की रहेका सदस्यले लेखापरीक्षकको छनौट गर्ने कार्य गर्न सक्नेछन् ।